पत्रकार बानिया मृत फेला

0
Shares

काठमाडौं, (नेस)
पत्रकार बलराम बानिया बुधबार मृत अवस्थामा फेला परेका छन । सोमबारदेखि घरबाट सम्पर्कविहीन भएका बानियाको मकवानपुरको सिस्नेरीस्थित माण्डु हाइड्रोपावर नजिकै शव फेला परेको थियो ।
एकाएक सम्पर्कविहीन भएका बानियाको बारेमा खोजी गरिदिन परिवारले प्रहरीलाई खबर गरेपछि उनको शव उक्त ठाउँमा फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
पछिल्लो समय डिप्रेसनमा पर्नुभएका बानियाले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । कान्तिपुरमा काम गर्दै आउनुभएका पत्रकार बानियाको सोमबार दिउँसो एक बजे बल्खु खोलाछेउमा मोबाइल अफ भएको थियो । सोही दिन दिउँसो बल्खु खोलाको किनारमा देखा परेका बानिया त्यसपछि बेपत्ता भएका थिए । खोलाको छेउमा उनको जुत्ता फेला परेपछि उनी खोलामा हामफालेको आशंका प्रहरीले गरेको छ ।
उनको खोजीका लागि प्रहरीको टोली परिचालन भए पनि शव भने बुधबार फेला परेको थियो । पत्रकार बानियाका एक छोरा, एक छोरी र श्रीमती छन् ।