कृष्णपुजामा १६ जना सहभागी

28
Shares

न्युज अफ नेपाल, ललितपुर ।

कोरोना संक्रमणको जोखिमका कारण नगरपरिक्रमा नगरी आठ मुख्य कृष्ण मन्दिरको पुजाआजा गरी कृष्ण पुजा सम्पन्न गरिएको छ ।

पिम्बहाल – नकबहील इलाकाबाट शुरु भएको कृष्णपुजा आठ टोलका मुख्य कृष्णमन्दिरको मात्र परिक्रममा गरिएको हो ।

हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट ललितपुरमा सयौंको सहभागिता कृष्णपुजा हुने गर्दछ । यस दिन नगरका १ सय भन्दा बढी कृष्ण मन्दिर परिक्रमा गर्ने परम्परा रहेको छ । यस वर्षको  पुजामा १६ जना मात्र सहभागी भएको स्थानीयवासी रुपककान्त राजोपाध्यायले जानकारी दिनुभयो । ‘धेरै भीडभाड गर्ने अवस्था नभएकोले विधि पु¥याउने मात्र काम गरेका छौं ।’ राजोपाध्यायले भन्नुभयो ।