वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनले भारतिय मुलकी कमला हारिसलाई उप राष्ट्रपति पदका लागि आफनो उम्मेदवार चयन गरेका छन् । उनको चयनले यदि बाइडेन राष्ट्रपति पदको चुनावमा विजयी बनेमा अमेरिकाको इतिहसमा कमला एसियाली मुलकै पहिलो उपराष्ट्रपति बन्ने छिन् ।
डेमोक्र्याटिक राष्ट्रपति पदका उम्मेदवार बाइडेनले मंगलबार ट्विट मार्फत उक्त जानकारी दिएको हो । कमला हारिसलाई आफ्नो उप राष्ट्रपति पदको उम्मेदवार चयन गर्न पाएकोमा आफुलाई गर्व लागेको उनल ट्विटमा लेखेका छन् । बाइडेनले उनलाई बहादुर योद्धा र अमेरिकाका सबैभन्दा उत्कृष्ट ब्युरोक्र्याट्सको संज्ञा दिए ।
कमला हरिस क्यालिफोर्नियाको न्यायधिवक्ता रहँदा आफुले उनले काम गरेको देखेको बाइडेनले बताए । उनले कसरी ठुलठुला बैंकहरुलाई चुनौती दिएकी थिइन, काम गर्नेहरुलाई मद्दत गरेकी थिइन र महिला तथा बच्चाहरुलाई शाषणबाट बचाएकी थिइन् , मैले आफैले देखेको थिएँ ।
त्यतिबेला पनि आफुले गर्व गरेको र आज पनि उनी यस अभियानमा मेरो सहयोगी हुने भएकोले गर्व महसुस गरिरहेको बाइडेनले अर्को ट्विटमा उल्लेख गरेका छन् ।
क्यालिफोर्नियाकी सिनेटर कमला हारिसले एक समय जोय बाइडेनलाई राष्ट्रपति पदको उम्मेदवारका लागि चुनौती दिइरहेकी थिइन । यद्यपी राष्ट्रपति पदको दौडबाट बाहिर भएपछि पनि बाइडेनले उनलाई उपराष्ट्रपति पदका लागि आफनो साथी उम्मेदवार चयन गर्ने कुराको चर्चा भइरहेको थियो । अब बाइडेनले यसको घोषणा गरिसकेको छ । उपराष्ट्रपति उम्मेदवार चयन भएकोमा हारिसले ट्विट गरी बाइडेनलाई धन्यवाद दिएकी छन् ।
कमला हारिसले आप्mनो ट्विटमा भनेकी छन्, बाइडेनले अमेरिकी जनतालाई एकजुट गर्न सक्छ किनभने उनले हाम्रो लागि संघर्षमा आप्mनो पुरै जिन्दगी लगाएको छ । राष्ट्रपतिका रुपमा उनले हाम्रो आदर्शमा खरो उत्रने अमेरिका दिनेछ । म आफ्नो पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवारको हैसियतले उनीसँग आबद्ध हुन पाएकोमा गर्व महसुस गर्दछु र उनलाई आफनो कमान्डर इन चीफ बनाउनका लागि जति गर्नपर्छ, म गर्न तयार छु ।
ट्रम्पका लागि कमला नित्कृष्ट
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको उम्मेदवार जोय बाइडेनले भारतिय मुलकी कमला हारिसलाई उपराष्ट्रपति पदका प्रत्यासी बनाएकोमा उनका प्रतिस्पर्धी तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले कमला हरिसको उम्मेदवारीले आफु केही आश्चर्यमा परेको बताउँदै उनले सर्वोच्च अदालतका न्यायधिषसँग अत्यन्तै नराम्रो ब्यवहार गरेको बताए ।
ट्रम्पले पत्रकार सम्मेलनमा भने – कमला हारिसले सुनवाइमा सर्वोच्च अदालतका न्यायधिष ब्रेक कवानउगसँग असाधारण रुपमा नराम्रो ब्यवहार गरेकी थिइन् । उनले यति नराम्रो ब्यवहार देखाएकी थिइन्, जुन अत्यन्तै भयानक थियो । जुन तरिकाले कमला हारिसले न्यायधिष बे्रट कवानउगसँग ब्यवहार गरेकी थिइन्, म त्यसलाई छिट्टै विर्सन सक्दिन ।
सन् २०१८ मा न्यायधिष ब्रेट माथि यौन उत्पिडनको आरोप लागेको थियो । त्यतिबेलार कमलाले ब्रेट विरुद्ध कडा प्रश्न उठाएकी थिइन् ।
कमला हारिसलाई अत्यन्तै निकृष्ट भएको टिप्पणी गर्दै प्राइमरी चुनावमा पनि उनको प्रदर्शन अत्यन्त खराब रहेको ट्रम्पले बताए । उनले कर बढाउने र सेनाको बजेट कम गर्ने खालकी भएको ट्रम्पले बताए । उपराष्ट्रपति माइक पेन्स हारिस भन्द अत्यन्त उत्कृष्ट भएको आफुलाई लागेको ट्रम्पले बताए ।
प्रतिक्रिया