अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ।घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । घिमिरे हाल घरमै आइसोलेसनमा छन् ।

हालसम्म अख्तियारका ४१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । कोरोना परीक्षणका अख्तियारका अन्य ३५० जना कर्मचारीको स्वाबसमेत संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमण पुष्टि भएका कुनै पनि कर्मचारी अस्पताल भर्ना भएका छैनन् ।