तोडफोड गरेका छैनौँ,बदनाम गर्न खोजियो : राजिव ढुंगाना,अध्यक्ष-नेविसंघ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले त्रिवि उपकुलपति कार्यालयमा नेविसंघले तोडफोड नगरेको जिकीर गर्नुभएको छ ।
उहाँले सेमेष्टर प्रणालीको पठनपाठन, परीक्षा सञ्चालन लगायत समसामयिक विषयमा वार्ता गर्न जाँदा प्रहरी प्रशासन लगाएर विद्यार्थीमाथि हातपात गरेको आरोप लगाउनु भएको छ ।

भन्नुभयो–नेविसंघलाई वदनाम गर्न तोडफोड गरेको आरोप लगाइएको छ । नेविसंघले तोडफोड गरेको छैन गर्दैन पनि । उहाँले तत्काल वार्ता गरी समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । नेविसंघले त्रिवि र विभिन्न स्थानबाट पक्राउ गरेका विद्यार्थीलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।