पाटनको कोरबस्तीमा कोरोनाको त्रास बढ्दै

0
Shares

न्युज अफ नेपाल, ललितपुर

ललितपुर महानगरपालिका– ११ मा एक जना महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भए लगतै वडा नं ११ को कार्यालय आसपासका क्षेत्रमा खाद्य सामग्रीको पसल बाहेक अन्य पसल नखोल्न आग्रह गर्दै वडाले माईकिङ गराएको थियो । सो क्षेत्र वरपरको स्थान सिल गर्ने वा कसरी सर्तकता अपनाउने बारे वडा कार्यालयले टोल सुधार समितिसंग छलफल थाल्ने बुझिएको छ ।

एक साता अघि मणिडोंमा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । लकडाउन खुलेसंगै पाटनको भित्री बस्तीमा पनि कारोनाको क्रमशः त्रास बढ्दै गएको छ ।