भगवती तिमल्सिना,काठमाडौं ।
क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर तथा क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर जितेकाहरुको मनोबल उच्च राख्ने र आफ्नो जिम्मेवारी तथा दायित्व बोध गर्दै जीवनलाई रमाईलो तरिकाले बाच्न सिकाउँने उदेश्यले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
विगतमा बच्चाहरुका लागि र्याम्प शो, बष्यकका लागि टीकटक प्रतियोगिता गर्दै आएको क्यान्सर सपोर्ट ग्रुपले यसपटक बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाई जुम मार्फत कविता प्रतियागिता गरायो ।
इच्छा भए उपाय अनेक भनेझै देशनै कोरोनाको चपेटामा परेको बेला कोरोना जितेर आफ्नो स्वास्थ्य उपचार लगायतका बिषयमा चिन्तित बिरामीलाई थप तनाव हुनुहुन्न र उनीहरुको जिवन हासिखुशी जिउन सक्ने आधारको खोजिगर्दै आउनुभएकी क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका अध्यक्ष प्रा.सुधिर श्रेष्ठले क्यान्सर जितेका बिरामीहरुको सकृयताका लागि खोजी खोजी प्रतियोगितामा भाग लिन लगाएको क्यान्सर विजेता तथा कविता प्रतियोगिताको पनि प्रथम बिजेता गंगा केसीले बताउनुभयो ।
कविता प्रतियोगिताका बिजेताहरु प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ सम्मलाई सेलिब्रेटी अवार्डको बरिष्ठ कलाकार श्रेष्ठले घोषणा गर्नुभयो । उहाँले सेलिबे्रटी अवार्ड हातपार्नेमा मोर्डल डली गुरुङ, गायक संगिता शाक्य, जेष्ठ नागरिक तारा प्रसाद त्रिपाठी, लोकेश्वरी शाक्य, गिता चित्रकार भएको उद्घोष गर्नुभयो । त्यसैगरी कविता प्रतियोगितामा प्रथम गंगा केसी, द्धितिय सृजना लुईटेल चापागाई र तृतिय अनिता श्रेष्ठ हुनुभएको घोषणा गर्नुभयो ।
सोही अवसरमा बरिष्ठ कलाकार श्रेष्ठले आफुले पहिला लेखेका गितहरु तिमी जुन जस्तै लाग्छ भन्ने बोलको गित आज आफ्नै जीवनमा त्यस्तै भोगेको छु भन्दै निकै दुःखी हुनुभयो । उहाँले विजेताको नाम पढेर सुनाएसँगै हरेक शब्दमा श्रीमती बितेपछिको आफ्नो जीवन एक्लो र प्राय सुन्य भएको सुनाउनुभयो । महिलाहरुले श्रीमानको आयुका लागि ब्रत बस्छन,मैले पनि मेरो श्रीमतीको जीवन बचाउनका लागि ६ बर्ष ब्रत बसे ।
यदि मैले मेरो श्रीमतीलाई बचाउन हरेक प्रयत्न गरेको थिईन र उनका नाममा ब्रत बसेको थिईन भने उनले मलाई ६ बर्ष पहिला नै यो संसारमा एक्लो पारेर जाने थिईन । श्रीमतीले छोडेर गएपछि दिमागै बन्द भए जस्तो भयो । पहिला कति नाच्ने, गाउँने, हास्ने, रमाउने, गित, व्यग्य लेख्ने मान्छे आज तेसै तेसै हराएको छु । उनको मृत्यु पछि उनैमा समपर्ण गरेर गित लेखेको छु ।
अहिले पनि म श्रीमतीको सम्झनामा एकलै बसेर रुन्छु र मनलाई धोएर आफुलाई शान्त पार्छु श्रेष्ठले भन्नुभयो । क्यान्सर जितेका १० जनाले आफ्नो अनुभव सहित जुमका माध्यमबाट कविता वाचन गरेर सुनाउनुका साथै आफ्ना भोगाई पनि साटेका थिए । यो देख्दा र सुन्दा उहाँले हरेक क्षण श्रीमतीको सम्झना मात्र गर्नुभएन व्यक्त गरेर सुनाउँनुभयो ।
प्रतिक्रिया