काठमाडौं उपत्यकामा ११७३ जनामा कोरोना संक्रमण,चनाखो बन्दै स्थानीय सरकार

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा हालसम्म ११७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९४२ जना,ललितपुरमा १४२ जना र भक्तपुरमा ८९ जना कोरोना संक्रमित रहेका छन् । सोमबार संक्रमण पुष्टि भएका ४३ जना समेत  गरी ११७३ जना कोरोना संक्रमित पुगेका हुन् ।

सोमबार काठमाडौं जिल्लामा ३६ जना,ललितपुरमा ४ र भक्तपुरमा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या उपत्यकामा दैनिक बृद्धि भईरहेको छ । यससंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ ।

यससंगै उपत्यकाका प्रशासन तथा स्थानीय निकाय चनाखो बन्न थालेका छन् । यस्तै सार्वजनिक यातायात सञ्चालनमा पुन रोक लगाउनुका साथै भिडभाड हुने गरी जात्रा नमनाउन पनि आग्रह गर्न थालेका छन् । कोरोना संक्रमित भेटिएका क्षेत्रहरु सिल गर्नेदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय समेत गर्न थालेका छन्।

यसअघि नै उपत्यकाका ३ ओटै जिल्ला प्रशासन कार्यालयले आईतबारदेखि १५ दिनसम्म सटडाउनको निर्णय गरेका छन् ।भने सवारी साधनहरुमा पनि जोरबिजोर प्रणली लागू गरिएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन निषेध गरिएका छन् ।