हत्या अभियोगमा रसुवाको एक व्यक्तिलाई जन्मकैदको फैसला

0
Shares

रसुवा  ।

रसुवा जिल्ला अदालतले हत्या अभियोगमा पुर्पक्षका लागी कारागार चलान गरिएका रसुवाको एक व्यक्तिलाई जन्म कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधिस राजेन्द्र नेपालको एकल इजलासलले आमाछोदिङमो गाउँपालिका चार का ४३ वर्षीय मिङमार सिंगी तामाङलाई हत्या अभियोगमा जन्मकैदको फैसला गरेको हो । गएको २०७६ पौष २६ गते साँझ साढे ८ बजे एक आपसमा कुटपिट गरि सोही गाउँपालिका कै सार्की गुरुङ भनिने मिङमार छिरिङ तामाङको कुटपिट कै क्रममा हत्या भएको अदालतल जनाएको छ ।

रसुवा जिल्ला अदालतको श्रेष्तेदार सदन अधिकारीका अनुसार घटनाको लगदै तामाङलाई पक्राउ गरि आवश्यक अनुसन्धानका लागी कारागार चलान गरिएको थियो अनुसन्धानको क्रममा दोषि ठहरिएपछि प्रतिवादीलाई जन्मकैद र पिडितलाई ५० हजार भराई पाउने फैसला भएको बताउनु भयो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७७(१) बमोजिम निषेधित कसुर गरेकोले १७७(२) बमोजिम सजाय भई मुलुकी अपराध सहिता २०७४ को दफा १८६ बमोजिम पिडितलाई संरक्षण ऐन २०७५ को दफा ३० र दफा ३१ बमोजिम क्षति पुर्ति भराई सोही दफा ४१ बमोजिम जन्म कैद फैसला सुनाइएको अदालतले जनाएको छ ।