पहिरोमा परी आमाछोराको मृत्यु

0
Shares

न्युज अफ नेपाल, बैतडी ।

बैतडीमा घरमाथिबाट राति १ बजेतिर पहिरो जाँदा पहिरोमा परी आमाछोराको मृत्यु भएको छ।

घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको हो।

उनीहरूको शव विहान ७ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किसन चन्दले बताए।

मृतक आमाछोरासँगै पहिरोमा घर लगायत पशुचौपाया सरसामान सबै पुरिएका छन्। मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा ल्याउन लागिएको छ।