श्रीमानले गरे आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
चुच्च‍ेपाटीमा एकजनाले आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेका छन् । हेटौंडा घर भइ सो स्थानमा बस्दै आएका राजन विष्टले बिहीबार राति विवादका क्रममा श्रीमती र छोरीमाथि तारपिनको तेल प्र‘हार गरेका हुन ।

मदिरा सेवन गरेर आफ्नै श्रीमती र छोरीमाथि प्रहार गरेको तारपिनले छोरीको आँखामा समेत लागेपनि उनको अवस्था सामान्य रहेका महानगरीय प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

तारपिनको तेल प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नि यन्त्रणमा लिएर घटनाको विषयमा छानबिन भइरहेको जनाइएको छ ।