ढुक्क हुनुहोस् अब सरकारले पुन: लकडाउन गर्दैन : मन्त्री खतिवडा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

देशभर कोरोना संक्रमितको संख्याका तिब्र बृद्धि भईरहदा पनि सरकारले पुन: लकडाउन गर्ने योजना नरहेको बताएको छ । बिहीबार
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारले फेरि पूर्ण रूपमा लकडाउन नगर्ने बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खतिवडाले पुरानै मोडलमा देशभर पुन: पूर्ण लकडाउन गनें योजना नरहेको बताएका हुन् ।

कोरोना संक्रमण फैलिएका केही स्थानीय तहहरुमा स्थानीय प्रशासनले नै लकडाउन गर्नसक्ने भन्दै केन्द्रबाट पुन: लकडाउन गर्ने योजनामा सरकार नरहेको स्पष्ट पारेका छन् ।