काठमाडौं उपत्यकामा ८७५ जनामा कोरोना संक्रमण,अवस्था झन् भयावह बन्दै

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगेको छ । लकडाउन खुकुलो भएसंगै देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म उपत्यकाका ३ ओटै जिल्लामा जम्मा गरी ८७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म काठमाडौंमा ६७४ जना,ललितपुरमा १३४ जना र भक्तपुरमा ७८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार मात्रै उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए । जसमध्ये काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर ३६० जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्तमण पुष्टि भएको छ ।