बंगलामुखी मन्दिर नजिकको मणिडों बन्दाबन्दी

14
Shares

न्युज अफ नेपाल, ललितपुर

ललितपुर महानगरपालिका– ११ स्थित मणिडोंमा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि सो स्थान वरपर सिल गरिएको छ ।

बंगलामुखी मन्दिरबाट करिब ४ सय मिटरमा दूरीमा रहेको सो स्थानमा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।निजसंग सम्पर्कमा आएको केही व्यक्तिहरुको स्वाब परीक्षण गरिसकेको छ भने नतिजा आउन मात्र बाँकी रहेको छ ।

वडा कार्यालयले मणिडों टोल विकास समिति,मणिडों टोल सुधार समिति, मणिडों टोल विपद् प्रतिकार्य समूहसंग मिलेर सो स्थान आसपासका क्षेत्र तीन दिनका लागि सिल गरिएको जनाएको छ । वडाअध्यक्ष इन्द्रमान महर्जनले सो क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गर्नुभयो ।

शंखमुल प्लानिंङको पश्चिमपट्टिको बाटो, मणिडों मार्ग,चक्रलालको घर अगाडिको बाटो,सुरेशको पसल अगाडिको बाटो,महालक्ष्मी मार्ट अगाडिको दायाँ र बायाँको बाटो, कौलाछेँ रेष्टुराको बाटो र त्यस क्षेत्रको ५० मिटर वरपर सिल गरिएको छ ।