कन्ट्रयाक ट्रेसिङमा ध्यान नदिँदा कोरोना हव बन्दै गंगालाल

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ
नेपालको मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र यतिबेला कोरोना संक्रमणको जोखिमा परेको छ । मंगलबार १ डाक्टर, १ नर्स र ३ जना बिरामीमा कोराना संक्रमण पुष्टि भएलगतै गरिएको कन्ट्रयाक टे«सिङ परिक्षण गर्दा थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ सम्म कोरोना संक्रमण पुष्टि हुनेहरुमा स्टाफ नर्सदेखि सरसफाई कर्मचारी र सुरक्षा गार्डसम्म रहेका छन् । अस्पतालले स्थायी कर्मचारी र अन्यलाई छुट्याएर स्थायी जति गंगालालकै आईसुलेसनमा र अन्यलाई पाटन अस्पताल, केएमसी अस्पताल दुवाकोटमा राखिएकोे स्रोतले जनाएको छ ।

गगालालमा यो सम्म कोरोना संक्रमण देखिएको चौथो पटक हो । पटक पटक बिरामी, नर्स एवं चिकित्सक र सुरक्षा गार्डमा कोरोना संक्रमण हुँदै आएको छ । अस्पताललाई निसक्रमण गर्ने कार्यलाई तिब्रता दिनुका साथै अस्पताल आउने बिरामीहरुको कोरोना संक्रमण छ छैन परिक्षणमा जोड दिनुपर्ने अस्प्ताल स्रोतले जनाएको छ ।

यतिमात्र नभै बिरामी, चिकित्सक, नर्स, गार्डमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ बढाउनुपर्छ । तर यस अघि कन्ट्रयाक ट्रेसिङमा पर्याप्त ध्यान नदिएकै कारण गंगालालमा पटक पटक संक्रमण दोहोरिएको हुनसक्ने स्रोतको दाबी छ ।

अस्पतालमा आउने बिरामी, बिरामी कुरुवाहरु समेत संक्रमित भएसँगै अस्पताल वरिपरिका लज, रेष्टुरेन्ट, होटल, पसलहरुमा समेत संक्रमण फैलिएको हुनसक्ने भएकाले कन्ट्रयाक ट्रेसिङ बढाउन अस्पताल कर्मचारीहरुको सरकारसँग माग छ ।