पर्वतमा कोरोना संक्रमितको संख्या एक सय पुग्यो, गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वत जिल्लामा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बिहीबार थप एक जना महिलामा संक्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या १ सय पुगेको हो । पर्वतको कुस्मा नगरपालिका १३ खौलाकी ३० बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित महिला भारतबाट आई क्वारेनटाइनमा बस्दै आएकी छन । पर्वत जिल्लामा यस अघि ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ९७ जना निको भएर घर फर्किसकेका छन । यस्तै पर्वत सहित गण्डकी प्रदेशमा थप ११ जना संक्रमित थपिएका छन ।

कास्कीमा १ जना, गोरखामा ६ जना र नवलपरासी पुर्वमा ३ जना संक्रमित थपिएको गण्डक प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।