चार नेपाली महिला बन्धक बनाउने लामा पक्राउ

0
Shares

काठमाडौं, (नेस)
उदयपुर, झापा र सिन्धुपाल्चोकका ४ जना महिलालाई कुवेतमा लगेर घरायसी काममा लगाइदिने भन्दै भारत लगेर बन्धक बनाइराख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकका याङलाल लामा भन्ने ह्याङलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लामाले ती महिलालाई २०७३ साल चैतमा वीरगन्ज नाका हुँदै दिल्लीको उत्तरपुरमा बन्धक बनाइराखेको खबर पाएपछि दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर माइती नेपालको जिम्मा लगाएको थियो ।

माइती नेपालले मनोपरामर्श गरी उनीहरुलाई आफन्तको जिम्मा लगाएकोमा प्रहरीले लामाको खोजीलाई तीव्र बनाएको थियो । मानव बेचबिखन ब्युरोले लामालाई मावन बेचबिखन ऐनअन्तर्गत कारबाही अगाडि बढाएको छ ।