काठमाडौंमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित महिलाको केही बेर अघि मृत्यु भएको छ । सर्लाहीको मलंगवा ६५ बर्षीया बृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।

निमोनिया र स्क्रवटाइफस भएपछि उपचारकोलागि काठमाडौको मनमोहन अस्पतालमा ल्याइएकोमा सो अस्पतालले ती बृद्धालाई साउन १६ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पताल बलम्वु पठाएको थियो । उनको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।