काठमाडौं उपत्यकामा कोरोनाको डरलाग्दो अवस्था : ७२७ जना संक्रमित अस्पतालमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

काठमाडौं उपत्यकामा हालसम्म ७ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ सय ४१ , ललितपुरमा १ सय ९ र भक्तपुरमा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै मंगलबार उपत्यकाका तीन जिल्लामा थप ६२ जनालाई कोरोना पुष्टि भएको छ ।

यसैगरी काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।