काठमाडौं उपत्यकामा जोर बिजोर लागु गर्ने सरकारको तयारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना भाईरस (कोभिड-१९)को जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ । यद्यपी यसबारे निर्णय भने भईसकेको छैन ।

मन्त्रालयले पेस गरेको उक्त प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउनेछ ।

गत असार २६ गतेदेखि सरकारले जोरविजोर हटाएको थियो । लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।