कोरोनाबाट निधन हुनेको संख्या ५६ पुग्याे

0
Shares

काठमाडौं । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको निधन भएको छ ।

आइसियूमा उपचाररत ललितपुर थसिखेलकि उक्त महिलाकाे शुक्रबार बिहान ९ बजे निधन भएको हो । याे सँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ५६ पुगेको छ ।

गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

स्टार अस्पतालमा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको समस्या थियो ।