उपत्यका भित्रिने नाकामा स्वाब परीक्षण गरिएका २४ जनामा कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बिभिन्न नाका भएर राजधानी भित्रिनेहरुमा गरिएको कोरोना परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । उपत्यका भित्रिने थानकोट,फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।