[अपडेट]आज थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बिहीबार देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ। गत २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन्। त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।