सेनाद्वारा सशस्त्रलाई पुराना हतियार हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)
नेपाली सेनाले सशस्त्र प्रहरी बललाई आफूले प्रयोग गर्दै आएको पुराना हतियार हस्तान्तरण गरेको छ ।
आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार बुधबार सेनाले सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेनाले चलाएका ६ सय थान इन्सास राइफल सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको जनाकारी दिनुभयो ।
नेपाली सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सैनिक मुख्यालयमा आयोजिक एक कार्यक्रमका बीच हतियार हस्तान्तरण गर्नुभएको छ । यसअघि पनि विभिन्न समयमा सेनाले सशस्त्र प्रहरीलाई पुराना हतियार दिँदै आएको थियो ।
यता, नेपाली सेनाले अमेरिकबाट अत्याधुनिक हतियार खरिद गर्न सरकारसँग स्वीकृत लिएको छ । सेनाले अमेरिकाबाट १० हजार थान अत्याधुनिक हतियार खरिद गर्न सरकारसँग स्वीकृत लिएको छ । सेनाले उक्त हतियार केही समयपछि नेपाल ल्याउने भएको छ । अमेरिकन सेनाले प्रयोग गर्दै आएको हतियार नेपाली सेनाले खरिद गर्न लागेको हो ।
सशस्त्र प्रहरी बलले नयाँ हतियार खरिद गर्न पटकपटक लबिङ गरेको भए पनि नेपाली सेनाले अवरोध पु¥याउँदै आएको छ । सेनाले आफूले प्रयोग गरेको हतियार सशस्त्र प्रहरी बललाई दिने र आफूले भने नयाँ हतियार खरिद गर्ने गरेको छ ।