पृथ्वीलाई किस्मतले दिलायोे फिल्म माथि फिल्म


 

उदयपुरको पुरनदह–१ वेलका पृथ्वीराज प्रसाईंले काठमाडौंलाई कर्मथलो बनाई किस्मत–२नामक फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरे। त्यसपछि छोटो अवधिमा एक दर्जनभन्दा बढी फिल्म र पचासभन्दा बढी म्युजिक भिडियोमा देखिएका छन्।
सानैदेखि स्कुलतथा स्थानीयस्तरमा हुने मेला–महोत्सवमा आफ्नो अभिनयकला र नृत्य प्रस्तुत गर्ने पृथ्वी पछि यहीनवरसको तलाउमा डुब्न थाले। अभिनय र नृत्य प्रतिभानिखार्नकालागिउनले नृत्य र अभिनय केन्द्रमागएर आधारभूत ज्ञान हासिल गरे।
उनले पछि गएर स्थापित फिल्मकर्मीहरूसँगको सहकार्यमा व्यावसायिक प्रशिक्षण केन्द्रसमेत सञ्चालन गरे। ‘यस क्षेत्रका नवप्रवेशीहरूको सुविधाका लागि थोरै भएपनि योगदान गर्न पाउँदा गर्व पनि महसुस गरेको छु।’ –उनी भन्छन्।
यो क्षेत्रमा प्रवेश गरेदेखि पछाडि फर्किएर हेर्नुपर्ने अवस्था नआएको बताउने पृथ्वी यसलाई सफलभन्दा पनि आफ्नो कामप्रतिको इमानदारिता र समर्पण भएको दाबी गर्छन्। ‘हामीजुन क्षेत्रमा छौं, त्यो क्षेत्रका लागि शतप्रतिशत योगदान गर्नुपर्दछ। सफलता होइन, आत्म सन्तुष्टिका लागि काम गरांै।’ –उनी भन्छन्।

किस्मत–२, हतकडी, सपना, चोखो प्रेम, अन्तरे, ब्ल्याक एन्ड ह्वाइट, वीरांगना, मंगलम्, डोली, कान्छी हे कान्छी, चमेली, गोर्खाली छोरोलगायत एक दर्जनभन्दा बढी ठूलो पर्दाका फिल्म र पचासभन्दा बढी म्युजिक भिडियोमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका पृथ्वीराज आगामी दिनमा अझ परिष्कृत प्रतिभा देखाउने बताउँछन्।