ओली विना यस्तो देखियो नेकपाको स्थायी समिति बैठक (फोटोफिचर)


न्युज अफ नेपाल, काठमाडौं ।
आन्तरिक विवादको कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक स्थगित गरेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा नेकपाको स्थायी समितिको बैठक सम्पन्न भएकाे छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकमा अध्यक्ष ओली पक्षका कुनै पनि नेताहरु सहभागी थिएनन् । बैठकले अध्यक्ष ओलीले विधि विपरीत स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष बैठकले निकालेको छ ।

बैठकले विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष प्रचण्डलाई ओलीसँग छलफल गरी आगामी बैठक सुचारु गर्नको लागि प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ । ओली विना नै स्थायी समितिको बैठक सुचारु गरेपनि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।