हृदयघातका कारण अभिनेता गोपाल राउतको निधन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली चलचित्रका अभिनेता गोपाल राउतको निधन भएको छ ।

अमेरिकाको सान्तारोजा क्यालिफोर्निया बस्दै आएका राउतको सोमबार बिहान हृदयघातबाट निधन भएको हो । उनले प्रेमयुद्ध, दोधारलगायत केही नेपाली चलचित्रमा अभिनय गरेका छन् भने रुपमति, गुलाफ एकै पटक फुल्छलगायत दर्जनौँ टेलिशृङ्खला अभिनय गरेका थिए । राउतकी एक श्रीमती र दुई छोरा रहेका छन् ।

उनको अन्तेष्टि नेपाली परम्परा अनुसार आगामि शुक्रबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।