तीन दिनसम्म यी नदी आसपास सतर्कता रहन आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मुलुकको मुख्य नदीहरुमा बहाब बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

मुलुकभर मनसुनी वायुको प्रभावका साथै तराई भू–भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाले गर्दा भारी वर्षाको सम्भावना रहेको भन्दै नदी आसपास सतर्क अपनाउन आग्रह गरेको हो ।

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधार लगायत प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश भई बहने साना नदीमा बहाव बढ्न सक्ने अनुमान गरेको छ ।
महाशाखाले नदीको तटिय क्षेत्रमा उच्च सतर्कता अपना भनेको हो ।

आज मंगलबार मेचि, विरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, बुढीखोला, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया, पूर्वी राप्ती, आरूण खोला, तिनाउ, बाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याउली, चौधर लगायत प्रदेश १, २, ५, गण्डकी र सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने प्राय सबै नदीमा बहाव बढ्ने जनाएको छ ।