कला, संगीत र संस्कृतिमा अवार्ड


कला, संगीत र संस्कृतिका विभिन्न विधामा अवार्ड प्रदान गरिने भएको छ। नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड–२०२० नाममा अवार्ड आयोजना गर्न लागिएको हो।

कोभिड–१९ तथा लकडाउनका कारण सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्न भन्दैै यो अवार्ड गरिन लागेको हो। आगामी भदौ महिनामा हुने अवार्डमा सामेल हुन फारम खुलिसकेको र आगामी भदौ १५ गतेसम्म फारम भर्न सकिने आयोजकले जनाएका छन्। अवार्डमा २०७६ साल असोजदेखि २०७७ भदौसम्मका गीत–संगीतलाई समावेश गरिने तथा नवप्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनुपर्ने प्रावधान राखिएको छ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको यस अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ। अवार्डमा उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तीज, दशैं–तिहार, फागु) भजन, पप र आधुनिक गायक गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो, कला तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जानकारी गराएका छन्।