महाबौद्धका ६ जनामा कोरोना पुष्टि,६० ओटा पसल सिल गरियो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंको महाबौद्धका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि करिब ६० ओटा पसल सिल गरिएका छन् ।काठमाडौं महानगरपालिका–२७ महाबौद्धका दुई घरका ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । एकै घरका बुवा, आमा, छोरा, छोरी र घरमा कामगर्ने मान्छेसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अर्का ब्यक्ति भने फरक घरका हुन् ।

१६ दिन अघि भारतबाट फर्किएकी एक युवतीमा ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको परिवारका अन्य ५ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु पाँचै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भईरहेको छ । अर्का एक जनालाई भने पाटन अस्पतालमा उपचारकोलागि भर्ना गरिएको छ ।