८८.३५ प्रतिशत बालबालिका विद्यालय जान पाएनन्

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बन्दाबन्दीका बेला विद्यालय जान नपाएका बालबालिकाहरु स्कूल सकेसम्म चाँडो विद्यालय जाने चाहनामा रहेको एक सर्वेक्षणले देखाएको छ । वर्ल्ड भिजन र कर्न्सोटियम नेपालको संयुक्त प्रयासमा गरिएको सर्वेक्षणमा ८८ दशमलब ३५ प्रतिशत बालबालिका विद्यालन जान नपाएको देखिएको छ ।

सर्वेक्षणमा सहभागी भएकाहरु मध्ये २९ प्रतिशत बालबालिकाले मात्र वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएको देखिएको छ भने वैकल्पिक पठनपाठन गरिएका विद्यालयहरु मध्ये २० प्रतिशत मात्र प्रभावकारी भएको सर्वेक्षणले देखाएको छ । वन्दावन्दीका बेला निजी विद्यालयका बालबालिकाहरुले मात्र वैकल्पिक कक्षा लिएको देखिएको छ ।

कोभिड–१९ का कारण वैकल्पिक शिक्षाका विषयमा गरिएको सो सर्वेक्षणमा ५१ प्रतिशत विद्यालयसँग अनलाईन कक्षाका लागि न्यूनतम आधारभूत व्यवस्थ नै नभएको, ६८ प्रतिशत शिक्षकहरुमा अनलाईन कक्षा व्यवस्थित गर्न सक्ने क्षमता नभएको, ८० प्रशिशत विद्यार्थीसँग अनलाईन कक्षका लागि आवश्यक सामग्री नभएको र ६० प्रतिशत परिवारले अनलाईन कक्षाका लागि आवश्यक सामग्रीको व्यवस्था  गर्न असमर्थ रहेको देखिएको छ ।

बन्दाबन्दीको समयमा पनि बालबालिकाहरुमाथि विभिन्न खाले हिंसा भएको कन्र्सोटियम र वल्डभिजनले संकलन गरी सार्वजनिक गरेको सर्वेक्षणमा देखिएको छ । जसमध्ये १६ प्रतिशत फोनमार्फत हिंसा, २२ प्रतिशत मानसिक तनाव वा दवाव, १६ प्रतिशत यौनजन्य हिंसा वा दुव्र्यवहार , १३ प्रतिशत इन्टरनेटमार्फत हुने हिंसा , ९ प्रतिशत बलात्कारको प्रयास , ९ प्रतिशत बलात्कार लगायतका हिंसाहरु रहेको वताएका छन् । अभिभावकहरुसँग गरिएको सर्वेक्षणमा ३६ प्रतिशतले ले आफ्ना बालबालिकालाई बन्दाबन्दी समयमा शारीरिक कार्यबोझ भएको स्वीकार गरेको समेत सर्वेक्षणमा उल्लेख छ ।

बन्दावन्दीका समय मुलुकभरीका बालबालिकाको अवस्थाका बारेमा जानकारी लिने उदेश्यले सर्वेक्षण गरिएको र यो समयमा बाल संरक्षणका लागि स्थानीय तहका न्यायिक समिति, प्रहरी, बालअधिकार संस्था, बाल क्लवहरु विगतमा भन्दा बढी सक्रिय पाइएको कर्न्सोटियमका अध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।