सुनको मूल्यमा नयाँ रेकर्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो समय लतागार उकालो लागेको सुनको मुल्यमा आज १ हजार २ सय रुपैयाँ वृद्धि भई नयाँ रेर्कड कायम भएको हो ।

आज १ हजार २ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्यपनि बढेर ९७ हजार ६० रुपैयाँ पुगेको छ ।