स्थानीयले महानगरलाई जसरी बुझ्नु भएको छ, कर्मचारीको मुल्याङ्कन त्यसैमा हुन्छ : प्रमुख प्रशासकीय अधिकृत अर्याल

हामीलाई उत्प्रेरणा पनि चाहिएको छ : कर्मचारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

स्थानीय र सेवाग्राहीका नजरमा महानगर कस्तो छ? सेवा राम्रो छ । सरल र सहज छ । कर्मचारी मिजासिला छन् । महानगर केही नयाँ र ठूला काम गर्दैछ । भनेर कि, सेवा लिनै गाह्रो भो भनेर? यसैमा कर्मचारीको मुल्याङ्कन हुन्छ । जनताबाट राम्रो छ भन्ने आवाज आयो भने कर्मचारीको कार्य प्रणाली राम्रो भयो । मुल्याङ्कन राम्रो भयो ।

यदि यस्ता सकारात्मक उत्तर आएनन् भने मुल्याङ्कन राम्रो भएन । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल कर्मचारीसँग भन्नुहुन्छ — महानगरको सार्वजनिक छवि सुधार हुने काम गर्नोस् । मुल्याङ्कनमा तपाईको नम्बर त्यसै राम्रो आउँछ ।

जिल्ला समन्वय समिति परिसरमा रहेका महानगरका बिभागका अधिकारीहरुसँग कुरा गर्दै उहाँले आज कर्मचारीसँग यस्तो बताउनुभएको हो । राष्ट्रसेवक कर्मचारी कहिल्यै पनि निराश हुनु हुँदैन । यसले राम्रो सन्देश जाँदैन । काममा तपाई उत्साहित हुनोस्, तपाईहरुप्रति म सकारात्मक छु । सबैले आफ्ना-आफ्ना ठाउँबाट वातावरण बनाऔं ।

त्यस क्रममा उहाँले बार्षिक कार्ययोजना समयमा निर्माण गर्न, स्वच्छ र सफा कार्यस्थल बनाउन र चालु योजना कार्यांन्वयन गर्दा आवश्यक पर्ने विगतका सूचना तथा तथ्याङ्कलाई टिपोट गरेर पठाउन आग्रह गर्नुभयो ।

त्यस क्रममा बोल्दै प्रशासन बिभागका प्रमुख नमराज ढकालले, फरक सेवाका कर्मचारीलाई एउटै सेवा ऐनले सम्बोधन गरेर समान रुपमा वृत्ति बिकास र क्षमता विकासका अवसर उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिनुभयो । महानगरसँग मनि (पैसा) छ, मटेरियल (सामाग्री) छ, मेथड (काम गर्ने बिधि थाहा छ), तर पनि सोचेको परिणा आएन भन्न सबैलाई लागेको छ ।

ढकालले थप्दै भन्नुभयो – नागरिकले तिरेको करप्रति उत्तरदायी र बित्तिय शुशासनप्रति जिम्मेवार भएर कर्मचारीलाई दिइने सुबिधाप्रति नीति निर्माता कोही पनि नकारात्मक हुनुहुन्न । उत्साहित भएका काम गर्नोस् ।

छलफलमा सामाजिक बिकास कार्यक्रमका बारेमा सनतकुमार थापाले, विपद् व्यवस्थापनका बिषयमा डा. उत्तरकुमार रेग्मी र यादब घिमिरेले, सम्पदा तथा पर्यटनका बिषयमा अर्चना शाक्यले, सार्वजनिक निजी साझेदारिताका विषयमा धु्रव काफ्लेले, जनस्वास्थ्य व्यवस्थापनका बिषयमा नरेन्द्रबिलास बज्राचार्य, नली बज्राचार्य र सूर्य खड्काले, सूचना प्रबिधिका बिषयमा राम सापकोटाले चालु आर्थिक बर्षमा आफ्ना कार्यक्रम र कार्यक्रम कार्यान्वयनको चुनौतीका बिषयमा धारणा राख्नुभएको थियो । त्यस्तै उत्पे्ररणा र पुनर्ताजगीका बिषयमा सृजु प्रधानले ध्यानकर्षण गराउनुभएको थियो ।

उहाँहरुले कार्यालय एउटै ठाउँमा नभएपछि आइपर्ने प्रक्रियागत झन्झट, सेवाग्राहीको मनोबिज्ञान, कर्मचारी स्वतःस्फूर्त चलायनमान हुने अवस्था, कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध, बिकास साझेदारसँगको समन्वयजस्ता बिषयमा सुधार गर्नुपर्ने अवस्था देखाउनुभएको थियो ।

त्यस्तै काममा आधारमा कर्मचारीलाई सुबिधा दिनुपर्ने, वृत्ति बिकास र क्षमता बिकासका कार्यक्रम हुनुपर्ने, सहरी सुरक्षा, बिपद् व्यवस्थापन, पूर्वाधार निर्माणमा सरोकारवाला कार्यालयले महानगरलाई सूचना नदिने परिपाटीको अन्त्य हुनुपर्ने जस्ता विषयलाई मागका रुपमा उठाउनुभएको थियो ।

माग र प्रश्न सुनिसकेपछि प्रमुख प्रशासकीय अधिकृत अर्यालले — कर्मचारीबाट आएका प्रश्नलाई आफूले कामप्रतिको जिम्मेवारीका रुपमा बुझेको प्रतिक्रिया दिनुभयो भने कर्मचारीलाई दिइने सुबिधाका बिगत मापदण्ड पुनरावलोकन गरिने बताउनुभयो ।

त्यस क्रममा प्रमुख प्रशाकीय अधिकृत अर्याल र प्रशासन बिभागका प्रमुख ढकालसहित अधिकारीहरुले बिभागको कार्यप्रणालीको अवलोकन पनि गर्नु भएको थियो । यस क्रममा कर्मचारीले बिभागहरु छरिएकाले कार्यसम्पादनमा समस्या भएको बताएपछि महानगरले आफ्नो केन्द्रीय भवन चाँडै बनाउने त्यस अवधिसम्म सबै संरचनालाई एउटै परिसरमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभएको थियो ।