गाईजात्रासँग सम्बन्धित पर्व स्थगित गर्न आग्रह

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

आफ्नो बेग्लै संस्कृति र धार्मिक महत्व बोकेको ललितपुरको गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि मेयर गजेन्द्र महर्जनले सो अनुरोध गर्नुभयो ।गोदावरी नगरपालिकाभित्र गाईजात्रा पर्वमा मनाइने मतयाः रोपाइँ, लाखे, कृष्ण र जुग ‘भगवान’ जात्रा सञ्चालन नगर्न नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्नुभयो ।

‘दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछौं ।’ नगरपालिकाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।