हेटौंडाबाट हिहिहि सरकार


हेटौंडा, (नेस)।

बागमती प्रदेशको राजधानी हेटौडाबाट उदय चौलागाईंले गाईजात्रे कोसेली बजारमा ल्याएका छन्। सबै कुरा काठमाडौं केन्द्रित रहने परम्परालाई तोड्दै मोफसलबाट पनि गाईजात्रे कोसेली बनाउन सकिन्छ र बनाउनु पर्दछ भन्ने सोचका साथ यस्तो कोसेली ल्याएको उनले बताए। उनले २०७५ सालदेखि निरन्तररुपमा गाइजात्रे कोसेली पस्कँदै आएका छन्।

मोफसलमा रहेकाले पनि केही गर्न सक्छन् भन्ने कुरालाई अगाडि बढाउने प्रयास रहेकोले तेस्रो गाईजात्रे कोसेलीस्वरुप उनले हिहिहि सरकार हेटौंडा सेरोफेरो शिर्षकको गाईजात्रे सामग्री युट्युबमार्फत् सार्वजनिक गरेका हुन्।

यसमा रहेका कमीकमजोरी औँल्याएर भोलिका दिनमा संगठितरुपमा यस्ता कोसेली मोफसलमा तयार पार्नुपर्ने आबश्यकता रहेकोले गाईजात्रे कोसेली सार्वजनिक गरिएको उनको भनाइ छ।