गाईजात्रा नमनाउनूः गोदावरी नगरपालिका

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।
संघीय सरकारले चार महिने बन्दाबन्दी (लक डाउन) हटाए पनि कोरोना भाइरसको संक्रमणको सम्भावना रहेको भन्दै गाईजात्रा नमनाउन गोदावरी नगरपालिकाले आग्रह गरेको छ ।

गाइजात्रा पर्व विशेषगरी नगरको चापागाँउमा ठूलो भिडभाड भई मनाउने र भिडभाडबाट भाइरस सर्ने सम्भावना उच्च भएको भन्दै यस वर्षको पर्व नमनाउने आग्रह गरेको हो ।

चापागाउँ, ठेचोमा मुख्य गरी गाईजात्रा अन्तर्गत मट्या,रोपाईजात्रा,कपडा तान्ने र लाखे नाचजस्ता भीडभाडजन्य कार्यक्रम नगर्न अनुरोध आग्रह गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।