कंगनालाई प्रहरी कार्यालयमा हाजिर हुन पत्राचार, नआए पक्राउ गरिने

0
Shares

एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री कंगना रौनतलाई मुम्बई प्रहरीले स्पष्टीकरणका लागि पत्र पठाएको छ ।

स्पष्टीकरणका लागि बोलाइए पनि उनी प्रहरी कार्यालयमा हाजिर नभएका कारण दोस्रो पटक पत्र पठाइएको प्रहरीले जनाएको छ । यस पटक पनि कंगना प्रहरी कार्यालयमा हाजिर नभए पक्राउ गरीने प्रहरी बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे कंगनाले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आएकी छन् । उनका अनुसार बलिउडका केही कलाकारले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको बताइएको छ ।

कंगनाले बोलेको कुरा पुष्टि गर्न प्रहरीमा उजुरी परेपछि बयानका लागि उनलाई प्रहरीले बोलाएको हो । कंगनासहित केही कलकारले बलिउउमा नातावाद रहेका जनाएका छन् ।

अभिनेत्री कंगनाले सुशान्त सिंह आत्महत्याको निष्पक्ष निर्णय नआए सरकारले यसअघि आफूलाई सम्मान गरेको पद्मश्री पुरस्कार सरकारलाई नै फिर्ता गर्ने घोषणा गरेकी छन् ।