सामाजिक सञ्जालको फेक अकाउन्टबारे मुम्बई पुुलिसले दिपिका र प्रियंकालाई सोधपुछ गर्ने

0
Shares

एजेन्सी ।

मुम्बई पुुलिसले बलिउडका चर्चित अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणलाई नक्कली सोशल मिडिया अनुयायीहरूको मुद्दामा प्रश्न गर्ने भएको छ ।

विभिन्न संगठनहरूले गरेको अनसन्धानमा नक्कली फलोअर्स भएका सेलिब्रेटीमा पादुकोण र चोपड़ा शीर्ष १० स्थानमा रहेका छन् । यसै सम्बन्धी मुम्बई पुुलिसले उनीहरुलाई प्रश्न गर्ने भएको हो । गत हप्ता मुम्बई पुलिसले एक जना मानिसलाई पक्राउ गर्‍यो जसले बॉलिवुड प्लेब्याक गायक भूमि त्रिवेदीको नक्कली प्रोफाइल बनाएका थिए ।

पक्राउ परेका व्यक्तिले आफूले बलिउडका ठूला सेलिबे्रटीको सोशल मिडिया खातामा फलोअर्स बढाउने गरेको जनाएका छन् । एक कोरियोग्राफर यस पासोमा परे र सो फेक अकाउन्टका मानिसलाई पैसा दिए । तर केही समय पछि उसले केही गलत भएको महसुस गर्यो । ती कोरियोग्राफरले भूमीलाई सम्पर्क गरेपछि मात्र फेक अकाउन्ट भएको पत्ता लागेको थियो ।

यसपछि भूमीले मुम्बई पुलिसमा उजुरी गरेकी छिन्।