अभिनेता हमालका भाइ राकेशको अन्त्येष्टी गरिँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

उपचारका क्रममा निधन भएका अभिनेता राजेश हमालका भाई राकेश हमालको अहिले पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार शुरु गरिएको छ । अहिले उनलाई अन्तिम श्रद्धाञ्जलि दिईरहिएको छ।

आन शुक्रवार नै भारतको नयाँ दिल्लीबाटउनको शव ल्याई अन्तिम संस्कार गर्न लागिएको हो। अभिनेता हमालको परिवार र आफन्तजनका बीच आर्यघाटमा उनका अन्तिम संस्कार शुरु भएको हो।

तस्वीर : रंगराज आचार्य

लामो समयदेखि कलेजो रोगसँग जुध्दै आएका राकेशको उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो। उनको कलेजोले काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो। राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन्। तर स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई लकडाउनकै समयमा भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो। कारोनाको जोखिम र त्यसका कारण लगाइएको लकडाउनको अवस्थामा अन्तराष्ट्रिय विमानास्थल बन्द रहेकाले रोकशलाई विमान चार्टर गरी दिल्ली पुर्‍याइएको थियो।
अस्पतालले उनको भेलिन्टरमा राखेर उपचार गरिरहेको थियो। राकेशको उपचारका लागि उनको परिवारिक सदस्यहरु पनि दिल्ली पुगेका थिए।

सामजिक विकास र निर्माणका काममा सक्रिय राजेक निर्माण व्यसायी थिए। उनी नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषदअन्तर्गतको राष्ट्रिय अपांग कोषका पुर्ब सभापति थिए। उनको परिवारमा श्रीमती तथा एक छोरा र एक छोरी छन्।