भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको गरेको हाो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएपनि अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
मन्त्रीपरिषद बैठकले उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।