प्रचण्डलाई झड्काः थापा भट्ट र शर्माले छोडे साथ


न्युज अफ नेपाल, काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पूर्व माओवादीका स्यायी कमिटीको बैठकमा प्रचण्डका विश्वासपात्र जनार्दन शर्मा सहभागी भएनन् । पूर्व माओवादीका केही नेताहरुले प्रचण्डको साथ छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको बेला शर्मा खुमटार नजानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भेलामा जनार्दन शर्माको खोजी भएपछि प्रचण्डले पूर्वनिर्धारित भेटघाट र अस्पताल जानुपर्ने भएकाले सहभागी नभएको जानकारी गराउनुभएको बताइएको छ । तर एक नेताका अनुसार खुमलटारमा प्रचण्डले नेताहरुसँग ओलीसँगको विवादको बारेमा ‘बिफिङ’ गरिरहेको बेला नेता शर्मा भने पार्टीका महासचिव विष्णु पौडेल र शकंर पौडलसँग वार्तामा रहेका थिए ।

सोमवार प्रचण्डले बोलाएको भेलामा सचिवालय सदस्य एवं गृह मन्त्री रामबहादुर थापा र उद्योग मन्त्री एवं स्थायी समिति सदस्य लेखरा भट्ट पनि सहभागी थिएनन् । पछिल्लो समय ओलीलाई साथ दिएका थापा र भट्ट प्रचण्डले बोलाएको भेलामा सहभागी हुने गरेका छैनन् ।