मंसिरमै पार्टीको महाधिवेशन गर्ने ओलीको नयाँ प्रस्ताव


न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीभित्रको विवाद दिनप्रतिदिन बढदै गएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सानुभएको छ । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा नदिने अडान राख्दै ओलीले चैत्रमा गर्ने भनिएको महाधिवेशन मंसिरमै गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो ।
ओलीको प्रस्तावप्रति प्रचण्डले मंसिरमै महाधिवशेन गर्ने प्रस्ताव सकारात्मक भएपनि लिखित प्रस्ताव नआएसम्म विश्वास गर्न नसकिने जवाफ दिएका थिए । बैठकमा प्रचण्डले विगतमा भएका निर्णय पनि कार्यान्वयन नभएकाले लिखित रुपमा प्रस्ताव ल्याउनुपर्ने माग गर्नुभएको थियो ।