नेकपा विवाद मिलाउने जिम्मा ओली र प्रचण्डकै काँधमा


न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको बेला समाधानको लागि आज बसेको नेकपाको सचिवालय बैठकले पार्टीको विवाद समाधान गर्ने जिम्मेवारी पुनः अध्यक्षयद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको छ ।’