नेकपाको सचिवालय बैठक ३ घण्टादेखि वालुवाटारमा जारी


न्युज अफ नेपाल, काठमाडौं ।
केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने विषयबाट सुरु भएको सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको बेला बसेको सचिवालयको बैठक वालुवाटारमा जारी छ । दिउसो तीन बजेटबाट सुरु भएको प्रधानमन्त्री निवास वालुवाटारमा जारी छ ।

सचिवालय बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल भइरहेको छ । पार्टी अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छैठौ पटक भएको वार्तामा पनि कुरा मिल्न नसकेपछि स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि सचिवालय बैठक बसेको हो ।

असार १० गतेदेखि शुरू भई पटक–पटक स्थगित हुँदै आएको सचिवाल बैठक आइतवारसम्मको लागि सारेर सचिवालय बैठक बसेको छ । सचिवालय बैठकअघि अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल भएको थियो । ओली दुवै पदबाट राजिनामा नदिने अडानमा रहनुभएको छ भने प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पक्षले भने दुवै पदबाट राजिनामा दिन दबाब दिदै आएको छ । राजिनामाको विषयलाई लिएर नेकपाभित्र तीन सातादेखि नेकपाभित्र विवाद छ ।