निजी विद्यालय आन्दोलनमा: भोलीबाट अनलाईन र भर्चुअल कक्षा ठप्प पार्ने निर्णय


ईश्वरराज ढकाल, काठमाडौं ।

प्याब्सन र एन प्याब्सनले भोली बिहीबारदेखि पठन पाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । दुई संगठनको भर्खरै बसेको बैठकले पठन पाठना ठप्प पार्ने निर्णय गरेको हो ।

सरकारले निजी व्द्यिालयको विषयमा कुनै निर्णय गर्न नसकेपछि ठप्प पार्ने निर्णय गरेको दुई संस्थाका अधिकारीले जनाएका छन् । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेको हो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ढाटेको आरोप लगाउदै सबै कार्यक्रम स्थगित गरेको हो । दुई संस्थाले सेन्ट जेभियर्स, बुढानिलकण्ठ लगायत शैक्षिक गुठीबाट सञ्चालन भैरहेका विद्यालयका पठनपाठन समेत ठप्प पार्ने घोषणा गरेको हो ।

सरकारले माग पुरा नगरेको कारण बाध्य भएर आन्दोलनमा उत्रेका प्याब्सन र एन प्याब्सनले अहिले केहीबेरमा विज्ञप्ति जारी गर्ने भएका छन् ।