विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन पेस्तोलसहित पक्राउ


न्युज अफ नेपाल, कैलाली ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल, तीन राउण्ड गोली र सकेट बम समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुनसँगै महिला तर्फका इन्चार्जलाई समेत पक्राउ गरेको छ । पुनसँगै मोटरसाइकलमा सवार अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्जसमेत रहेकी डडेल्धुराको पर्शुराम नगरपालीका–७ घर भएकी २७ वर्षीया पुर्णीमा भन्ने गौरा धामी पक्राउ परेका छन् ।

उनीहरूलाई धनगढी उपमहानगरपालीका–७ वेलीस्थित सडकखण्डमा सवार भई गइरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको जिप्रका कैलालीले जनाएको छ ।