उपत्यकामा दुई दिन बिजोर नम्बरको गाडी चल्ने


न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौं उपत्यकामा लगातार दुई दिनसम्म बिजोर नम्बरको सवारी चल्ने भएके छ । असार महिनाको अन्तिम दिन र साउनको पहिलो दिन बिजोर दिन भएकोले यी दुई दिनसम्म लगातार बिजोर नम्बरको सवारी चल्ने भएको हो ।

ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले आज बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने जानकारी दिनुभयो ।