रुकुम नरसंहारः संसदीय छानबिन समितिले सभामुख सापकाेटालाई बुझायो प्रतिवेदन


न्युज अफ नेपाल, काठमाडौं ।

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सोती घटना छानविन संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ । सभामुख अग्नि सापकोटालाई संसदीय छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाउनुभएको हो ।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो । समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरि सभामुखलाई बुझाएको हो ।