इन्द्रदह नजिक माेटरसाईकल भिरबाट खस्याे एककाे मृत्यु


न्युज अफ नेपाल, काठमाडाैं ।

काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान नजिकै माेटरसाईकल भिरबाट खस्दा एक जनाकाे मृत्यु भएकाे छ । ईन्द्रथानबाट नैकापतर्फ आईरहेको बा ६६ प ५८६६ नंम्बरको मोटरसाईकल एक्कासी अनियन्त्रित भई सडकबाट खस्दा एकजनाकाे मृत्यु भएकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले दुर्घटनामा परि मोटर साईकल चालक चन्द्रागिरि १५ ढुंगेअड्डा बस्ने वर्ष अं ३४ को रूपेश खड्काकाे शहिद मेमोरियल अस्पतालमा मृत्यू घोषणा भएको बताए । प्रहरी नायव उपरीक्षक श्रेठका अनुसार साेही स्थानका वर्ष ३५ को विजय शाही ठकुरी घाईते भएको अवस्थामा तत्काल महानगरीय प्रहरी विट विन्दवासिनी, महानगरीय प्रहरी प्रभाग बलम्बु र स्थानीयबासीहरूले तत्काल उद्दार गरी अस्पताल पठाईएको  छ । बिजय शाही ठकुरीको शहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।