अवैध मिगौला प्रत्यारोपण गर्ने डाक्टर र जनप्रतिनिधिसहित १२ जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौ ।

मिर्गौला बेचविखन आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेका १२ जनालाई सार्वजनिक गरेको हो । आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष रहेका छन । प्रहरीका अनुसार ललितपुर महानगरपालिका एक वडाध्यक्ष हुन ।